सहमति कार्यान्वयन गराउन पनि आन्दोलनै गर्नुपर्ने अवस्था

वादी समुदाय बर्सौँदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज गर्दै ‘देहव्यापार’ गर्नेहरूको समुदायको रूपमा मात्र हेर्न र देखाउन खोजियो । प्रजातन्त्र प्राप्तिपछि पनि वादी महिलाहरू समाजमा अत्यन्तै विभेदित भए । वादीहरूले पनि सम्मानजनक पहिचान र समान अधिकारका लागि पटक पटक […]
वडाले चाहे हटाउन सक्छ छुवाछुतको व्यवहार

नेपालको संविधान र कानुनले जातका आधारमा हुने छुवाछुत र विभेदलाई दण्डनीय बनाए पनि समाजबाट छुवाछुत र विभेदको व्यवहार अझै हट्न सकेको छैन । यसबाट समग्रमा दलित समुदाय र त्यसमा पनि सो समुदायका महिलाहरू बढी मारमा परिरहेका छन् । दलित महिलाहरू अनेक प्रकारका विभेदको खातले थिचिएका छन् । यस खालको विभेदलाई धनुषा जिल्ला, जनकपुर नगरपालिकाकी पूर्व […]
विभेदका नयाँ नयाँ स्वरूपसँग जुध्दै

नेपालमा २०६८ सालदेखि हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस’ मनाउने गरिएको छ । छुवाछुतमुक्त राष्ट्र घोषणा भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । पुनर्स्थापित प्रतिनिधि सभामा प्रस्तुत ‘छुवाछुत र भेदभाव मुक्त राष्ट्र नेपाल घोषणा गरियोस्’ भनी राखिएको सार्वजनिक महत्त्वको प्रस्ताव २०६३ जेठ २१ गते पारित भएको थियो । […]
‘मार्च २१’ ले अझै नछोएको मेरो जातीय मर्म !

हरेक वर्ष जस्तै यो वर्ष पनि मार्च २१ मा नेपालमा २४औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ । नेपालमा २०५७ साल अर्थात् सन् २००१ मा यो दिवस मनाउन थालिएको हो । ‘जातीय भेदभाव उन्मूलन’ गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यसका पछाडि एउटा बलियो अन्तर्राष्ट्रिय आधार छ । ‘सबै किसिमका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय […]
भूमिहीनता नै सबै समस्याको जड – अरुण सदा

राष्ट्रिय भूमि अधिकार मञ्च, सिरहाको जिल्ला संयोजक अरुण सदा दुई दशकदेखि भूमि अधिकारको आन्दोलनमा सक्रिय हुनुहुन्छ । सिरहाकै विपन्न मुसहर समुदायमा हुर्किंदै गर्दादेखि नै भूमि अभावको पीडाले गर्दा आफू अधिकारको आन्दोलनमा लागेको उहाँ बताउनुहुन्छ । अरुण सिरहास्थित ‘शवरी सङ्कल्प समाज’ को अध्यक्ष पनि हुनुहुन्छ । उहाँका अनुसार, संस्थाले मुसहर समुदायको शिक्षा, स्वास्थ्य, सामाजिक न्यायका साथै […]