लैङ्गिक अध्ययन विषय पठनपाठनका चुनौती

लैङ्गिक अध्ययन विषयकको प्राज्ञिक इतिहास खासै लामो छैन । जेन पिल्चर र इमेल्डा व्हेलहानले ‘फिफ्टी की कन्सेप्ट्स इन जेन्डर स्टडिज’ मा यो सन् १९६० को दशकको अन्त्यतिर सुरु भएको र महिलावादी आन्दोलनको दोस्रो लहरसँगै यसको विकासको क्रम अझ फराकिलो भएको उल्लेख गर्नुभएको छ ।