हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)

वनकरिया समुदाय विशेष नेपालका लोपोन्मुख १० जातिहरूमध्ये ‘वनकरिया’ एक हो । २०५९ सालमा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशक अघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका मानिसहरू अहिले मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नम्बर ४ वनकरिया बस्तीमा बस्छन् ।