मेरो पेसा, मेरो सङ्घर्ष – ज्ञानु

बलेको आगो सबैले ताप्छन् । ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन् । सरलता मानवीय सुन्दर गुण हो तर यसलाई मानिसहरूले दुरुपयोग गरिदिन्छन् । जङ्गलमा पनि सुरुमा सोझो रुख नै काटिन्छ । नेपाली वर्णमाला ‘ज्ञ’ मा अन्त्य हुन्छ । म ज्ञानु हुँ । म चाहिँ अन्त्यबाट सुरु हुन्छु ।