म बाबु, म आमा

मेरो जीवन कथा सुन्नेहरूलाई मात्र होइन, भोग्ने म स्वयंलाई पनि अनौठो लाग्छ । आफ्नो जीवन आफैँलाई अचम्मको नलाग्नु पर्ने हो । कोइलीले कागको गुँडमा आफ्नो बचेरा कोरल्छ, स्वयं कोइलीलाई अनौठो लाग्छ र ? सुँघ्ने क्षमता मान्छेमा भन्दा कुकुरमा एक लाख गुणा बढी हुन्छ रे ! स्वयं कुकुरलाई अनौठो लाग्छ र ?

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश

‘क्वयेर’ शब्द अङ्ग्रेजी भाषाबाट आएको हो । २०औँ शताब्दीसम्म अङ्ग्रेजी भाषा बोल्ने समाजमा यो शब्दलाई अपशब्द मानेर प्रयोग गरिन्थ्यो । समाजको कथित सामान्य लैङ्गिक र/वा यौनिक पहिचानको दायराभन्दा बाहिरका मानिसहरूलाई यो अपशब्दको प्रयोग गरिने गरिन्थ्यो । २०औँ शताब्दीको अन्त्यमा भएको क्रान्तिले यो शब्दको पुनर्दाबी (रिक्लेम) गर्‍यो । हामीलाई यो शब्द प्रयोग गरी अपमानित तुल्याउने गरिएको […]