कसैले नगरोस् सिकलसेल बिरामीमाथि फरक व्यवहार

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरकी राधा चौधरीले सिकलसेल एनिमिया रोगका कारण विगतमा तनावपूर्ण जीवन बिताउनुपर्‍यो । यसै कारण उहाँ रोग लुकाउनु हुँदैन भन्‍ने निष्कर्षमा पुग्‍नुभयो र आफू जस्ता अरू बिरामीलाई सार्वजनिक गर्ने अभियानमा लाग्‍नुभयो । उहाँ यो रोगका बिरामीलाई विनाभेदभाव सहज तरिकाले उपचार सम्भव होस् भन्‍ने अभिप्रायबाट प्रेरित हुनुहुन्छ । सिकलसेल रोग […]

थारू जातिमा महिला नेतृत्वप्रति बढ्दो विश्वास

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका सात गाउँमा यस वर्ष माघमा सात जना महिला भलमन्सा बन्न सफल भए । उनीहरू थारू जातिमा रहेको परम्परागत कार्यविभाजन र बडघर प्रथाको अनुसरण गर्दै २०८०–८१ को एक वर्षका लागि आ–आफ्नो गाउँको भलमन्सा भएर नेतृत्वमा पुगेका हुन् ।

भलमन्सा भएर काम गर्दाको खुसी (भिडियो सहित)

रामपतिदेवी चौधरी र रविता चौधरीले यही २०८० माघमा भलमन्सा भएर गर्नुपर्ने एकवर्षे नेतृत्वको जिम्मेवारी पूरा गर्नुभयो । रामपतिदेवीसँग दुई चरण गरी भलमन्सा भएर काम गरेको दुई वर्षको अनुभव छ भने रवितासँग एक वर्षको ।