समयमै बुझ्न नसकिएको बहुमूल्य पाठ (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ८ विगतका घटना, परिघटना, आन्दोलन र परिवर्तनको बारेमा इतिहासका ठेली लेखिन्छ र छापिन्छ । विश्वविद्यालयमा तिनको पठनपाठन, व्याख्या विश्लेषण हुन्छ । इतिहास लेख्नु र पढ्नु पढाउनु विगतलाई फर्केर हेर्नु र बुझ्नु हो । विगतमा के भएको थियो भनेर खोज्नु ज्ञानात्मक कार्य हो । यो विगतको घटना सङ्कलनसँग मात्रै होइन, लेखनसँग पनि […]
दुःखका बेला नेतृत्व फालाफाल, सुखमा सदाचार रोज्नेलाई अनिकाल (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ७ पिस्कर काण्डसँग महिला नेतृत्वका विभिन्न घटनाहरू पनि जोडिएका थिए । २०३४–३५ सालतिरै थामी समुदायका किशोरी र महिलाहरू गीत सङ्गीतको बाटो हुँदै भूमिगत कम्युनिस्ट राजनीतिको नजिक हुन पुगे । बाल क्लबदेखि प्रौढकक्षासम्म शोषण, दमन, अन्याय, अत्याचार, हिंसा, गरिबी, अशिक्षा, बेरोजगारी आदि हटाएर सुखका दिन ल्याउने कुरा गरियो । त्यसका लागि पञ्चायत […]
बाउन्न ठक्कर त्रिपन्न हन्डरपछिको सापेक्ष खुसी र आनन्द (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ६ पूर्णिमाया थामी पिस्कर काण्डका बेला ४० वर्षकी हुनुहुन्थ्यो भने सुकुमान थामी ३७ वर्षका । राणाकालको अन्तिम दशकमा जन्मिएका यी दुई प्रत्यक्षदर्शी एकै समुदाय र भूगोलका भए पनि उहाँहरूको जानकारी र जीवनभोगाइको संसार भने अलग थियो । पूर्णिमायालाई राजनीतिक कुरा थाहा थिएन । उहाँलाई जात्रामा जान रहर लाग्यो र ससाना केटाकेटी […]
सानैदेखि सक्रिय भुइँमान्छेका रहर, दुःख र वितृष्णा (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ५ पिस्कर र वरपरका गाउँमा २०४० साल माघको पहिलो सातादेखि सबैजसो घर प्रहरीको निगरानीमा परे । अधिकांश थामी समुदायको बसोबास रहेको, थामीहरू भूमिगत राजनीतिमा पनि लागेको, विभिन्न गतिविधि गरी व्यवस्थाविरोधी भावना फैलाइरहेको र त्यस्तो गतिविधिलाई सघाएको जस्ता कारणले सो समुदायका महिलाहरू झन् धेरै निगरानीमा परेका थिए । बिर्खमाया थामी पिस्कर काण्ड […]
जति नै दुःख गरे पनि अवस्था जहाँको तहीँ (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ४ पिस्कर काण्डका प्रत्यक्षदर्शी र भुक्तभोगी थामी समुदायका मानिसले राजनीतिमा लागेर जीवनलाई सहज र सम्पन्न बनाउने विश्वास गरे तर झन्डै आधा शताब्दी बित्दा पनि त्यस्तो हुन सकेन । यस बिचमा तीन पुस्ताका श्रम, सपना, ज्ञान र अनुभव जोडिए । जीवनस्तर भने सोचे जस्तो भएन, माथि पनि उठेन । सिन्धुपाल्चोकको पहाडी गाउँ […]
त्यो बेला गाउँघरमा देवरानी र मैले धेरै दुःख काट्यौँ (भिडियो सहित)

पिस्कर काण्डमा महिला शृङ्खला ३ पिस्करमा २०४० सालको जात्रामा बिहानीपख यत्तिकै गोली चलेको थिएन । पाँच वर्षअघिदेखि नै त्यहाँ व्यवस्थाका पक्ष र विरोधमा लागेकाहरूबिच खिचातानी, आरोप–प्रत्यारोप, मुद्दामामिला आदि चल्दै आएको थियो । जात्रामा राजनीति घुसाइएपछि माघ १ गतेको गोलीकाण्ड भयो । पिस्करवासी अमृतकुमारी बोहराको कुराबाट पनि यो कुरा थाहा हुन्छ । सिन्धुपाल्चोक जिल्लाकै बोचमा माइती […]
पीडितकै मनोभावमा सहिदका परिवार (भिडियोसहित)

पिस्कर काण्डमा महिला शृङ्खला २ पछिल्लो पुस्ताका थामीहरू, जसले ‘पिस्कर काण्ड’ मा परिवारका अग्रज सदस्य गुमाएर सहिद परिवार र आफन्त हुन पुगे, तिनले चार दशकसम्म पनि आफूलाई पीडित र प्रभावित व्यक्तिका रूपमै पाए । त्यही भावमा आफूलाई उभ्याए । तत्काल केही रकम र राहत दिइएको भनिए पनि सहिद परिवारको लागि दीर्घकालीन सोचले खासै केही व्यवस्था […]
दुःख, कष्ट र त्रासदीको नमिठो सम्झना (भिडियोसहित)

‘पिस्कर काण्डमा महिला’ शृङ्खला १ पिस्कर काण्ड भएका बेला रत्नकुमारी थामी १७ र आइतमाया थामी ११ वर्षकी हुनुहुन्थ्यो । २०२३ सालमा जन्मिएकी रत्नकुमारी अहिले ५८ वर्ष र २०२९ सालमा जन्मिएकी आइतमाया ५२ वर्षकी हुनुभयो । अभिभावकसँग उहाँहरू पनि २०४० पुस मसान्तको राति पिस्करस्थित महादेवस्थानमा परम्परादेखि मनाउँदै आएको जात्रा हेर्न जानुभएको थियो । ४० वर्षअघि त्यो […]
सिपमूलक सामानलाई बेच्नैको समस्या (भिडियोसहित)

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करकी हर्कमाया थामी शक्तिशाली भूकम्पबाट घर भत्किँदा घाइते मात्रै हुनु भएन पछि विस्थापित पनि हुन पुग्नुभयो । उहाँको घर भएको जिल्ला सिन्धुपाल्चोकमै २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका परकम्पहरूका कारण सबैभन्दा बढी जनधनको क्षति भएको थियो । गोरखा भूकम्पका नामले पनि चिनिने उक्त भूकम्प भएको आठ वर्ष हुँदा […]