सुरुदेखि नै असल सोच राखेर धैर्यपूर्वक मिहिनेत गरियो

सन्धान संवाद शृङ्खला १३ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मायादेवी राना आले । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ४ स्थित तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ असार २२ मा गण्डकी प्रदेश नाम राखिएको उक्त प्रदेशबाट पालिका […]

चेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञानको कमी

व्यास नगरपालिका–११ राम्चेकी १८ वर्षीया प्रीति चेपाङ तीन सन्तानकी आमा हुनुहुन्छ । १४ वर्षमै विवाह गरेकी उहाँ फेरि अर्को सन्तान जन्मन्छ कि जन्मँदैन भन्नेमा अनभिज्ञ देखिनुहुन्छ । प्रीति भन्नुहुन्छ, “तीन बच्चा पनि मेरो रहरमा जन्मिएका होइनन्, अब अर्को बच्चा के हुन्छ भन्ने पनि थाहा छैन ।”