यसर्थ र यसरी पनि मनाइन्थ्यो ‘नारी दिवस’

८ मार्चको संस्मरण अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चका नामले पनि चिनिन्छ । नेपालमा यो दिवसलाई पञ्चायतकालमा नारी दिवस भनिन्थ्यो । त्यसलाई व्यवस्थाविरोधी गतिविधिका रूपमा उपयोग गर्ने जमात पनि थियो । पञ्चायत व्यवस्था पक्षधर र विपक्षमा रही भूमिगत राजनीति गर्नेहरूले छुट्टाछुट्टै हेतुले पनि यो दिवस मनाउने गर्थे । ८ मार्चलाई पञ्चायतकालमा भूमिगत राजनीति गर्ने महिलाहरूले […]

‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’
–सुशीला श्रेष्ठ

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष तत्कालीन व्यवस्था परिवर्तनका लागि २०२८ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक आन्दोलनमा लाग्नु भएकी सुशीला श्रेष्ठ २०३५ सालदेखि एक दशकभन्दा बढी भूमिगत राजनीतिमा संलग्न हुनुभयो । २०३५ साल पुसमा राष्ट्रिय सम्मेलनद्वारा गठन भएको तत्कालीन नेकपा (माले) मा आबद्ध भएर काम गर्नुभएकी श्रेष्ठ पूर्वी नेपालको पहाडी जिल्लाहरुमा राजनीति गर्दा पार्टीको काम […]