न आफ्नो नाममा जमिन छ, न बन्दिलो घर छ –सुकमाया प्रजा (भिडियो सहित)

सुकमाया प्रजा (चेपाङ) मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । बाढीपीडित भएका कारण उहाँ आफ्नो पुरानो थातथलो छोडेर २०७४ सालदेखि त्यहाँ बस्नुभएको हो । सो ठाउँमा सुकमाया जस्तै सयभन्दा बढी चेपाङ परिवारको बस्ती छ । उनीहरू स–साना छाप्रा बनाएर बसेका छन् ।