महिला सवालमा सामूहिक धारणा बनाउन महिला समन्वय समिति बनायौँ (अडियोसहित)

संविधानसभा/व्यवस्थापिका संसद (वि.सं. २०६४–६९) मा ‘महिला ककस’ नामको संरचना बनाइएको थियो । त्यसमा सबै पार्टीका सभासद् महिलाहरू सहभागी हुन पाउँथे । उनीहरूले महिलाका सवालमा चासो राख्थे र आपसमा साझा धारणा बनाउन प्रयास गर्थे । त्यसै आधारमा संविधानसभामा महिलाका कुरा उठाउँथे । ककसले सभासद् महिलाहरूलाई पार्टीको घेराभन्दा बाहिर गएर पनि महिलाका सवालमा काम र कुरा गर्ने […]
अविश्वास र विभेदको जगमा कोटाको राजनीतिक पिरलो

सन्धान रिपोर्ट शृङ्खला ८ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]
आफू जस्तै युवाका समूहहरूसँग बढी घुलमिल भएँ

सन्धान संवाद शृङ्खला ८ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, कौशिलाकुमारी भट्ट । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ७ स्थित डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ असोज २२ मा सुदूरपश्चिम प्रदेश नाम राखिएको उक्त प्रदेशका ५४ गाउँपालिकाबाट […]
निष्ठापूर्वक काम गरे सफल भइँदो रहेछ

सन्धान संवाद शृङ्खला ४ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, मन्जु मलासी । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ७ स्थित डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका प्रमुख निर्वाचित हुनुभयो । २०७५ असोज २२ मा सुदूरपश्चिम प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका […]
जानियो, बुझियो र सकेसम्म राम्रै गरियो

सन्धान रिपोर्ट शृङ्खला ३ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा दलले मनोनयनपत्र पेस गर्दा अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी गर्नुपर्ने र गाउँपालिका वा नगरपालिकाको वडा समितिमा एक जना दलित […]
कमैयादेखि कमलरीको मुक्ति र पुनर्स्थापना अभियानमा जुट्दा (भिडियोसहित) – मैनामोती चौधरी

मैनामोती चौधरी मुक्तकमलरीहरूको महिला तथा मानव अधिकार र पुनर्स्थापनाका लागि क्रियाशील हुनुहुन्छ । उहाँले कमैया तथा कमलरीको मुक्ति अभियान र मुक्तिपछिको अधिकारका लागि काम गर्दै आएको झन्डै दुई दशक भइसकेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की बासिन्दा उहाँ इन्सेकको जिल्ला प्रतिनिधिका रूपमा पनि काम गर्नुहुन्छ ।
कसैले नगरोस् सिकलसेल बिरामीमाथि फरक व्यवहार

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरकी राधा चौधरीले सिकलसेल एनिमिया रोगका कारण विगतमा तनावपूर्ण जीवन बिताउनुपर्यो । यसै कारण उहाँ रोग लुकाउनु हुँदैन भन्ने निष्कर्षमा पुग्नुभयो र आफू जस्ता अरू बिरामीलाई सार्वजनिक गर्ने अभियानमा लाग्नुभयो । उहाँ यो रोगका बिरामीलाई विनाभेदभाव सहज तरिकाले उपचार सम्भव होस् भन्ने अभिप्रायबाट प्रेरित हुनुहुन्छ । सिकलसेल रोग […]
परिवर्तन आफैँबाट सुरु गर्दै अघि बढेँ

मेरी माइली दिदी पूर्णा जोशी र मैले एकै वर्ष एसएलसी पास गर्यौँ। २०४४ सालमा तत्कालीन कैलपालमान्डु गाविसमा एसएलसी पास गर्ने छात्रा हामी दुई जना मात्र थियौँ । दुवै दिदीबहिनी पास भएको भन्ने जानकारी हुलाकबाट आएको चिठी हेरेपछि मात्र थाहा पाएका थियौँ । हुलाकबाट चिठी आउँथ्यो त्यति बेला । टेलिफोन सहज थिएन । सार्वजनिक टेलिफोन सेवा […]
कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
