बाल र बहुविवाहको दलदलमा सुनिता

पाँच वर्षअघिको कुरा हो, सुनिता कामीले १६ वर्षमै बिहे गरिन् । उनले जुम्लाको सदरमुकामस्थित चन्दननाथ नगरपालिका वडा नम्बर १ ललिचौरका लोकेन्द्र कामीसँग भागी बिहे गरेकी थिइन् । आफैँले बालविवाह गरेकी सुनिताको काँधमा अहिले ३ वर्षकी छोरी छन् भने काखमा ४ महिनाका छोरा । पालनपोषणको भार उनैमाथि छ ।

श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया

कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन् । अहिले उनीहरू बस्ने एउटा टहरो छ । त्यो पनि खुला खेतमा । बिजमायाका श्रीमान् आफ्नै दुनियाँमा रमाइरहेका छन् । गाउँका दाजुभाइको सम्पर्कमा छन् तर, उनलाई घरपरिवारको वास्ता छैन । ११ […]