दुःख, कष्ट र त्रासदीको नमिठो सम्झना (भिडियोसहित)

‘पिस्कर काण्डमा महिला’ शृङ्खला १ पिस्कर काण्ड भएका बेला रत्नकुमारी थामी १७ र आइतमाया थामी ११ वर्षकी हुनुहुन्थ्यो । २०२३ सालमा जन्मिएकी रत्नकुमारी अहिले ५८ वर्ष र २०२९ सालमा जन्मिएकी आइतमाया ५२ वर्षकी हुनुभयो । अभिभावकसँग उहाँहरू पनि २०४० पुस मसान्तको राति पिस्करस्थित महादेवस्थानमा परम्परादेखि मनाउँदै आएको जात्रा हेर्न जानुभएको थियो । ४० वर्षअघि त्यो […]

सिपमूलक सामानलाई बेच्नैको समस्या (भिडियोसहित)

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ पिस्करकी हर्कमाया थामी शक्तिशाली भूकम्पबाट घर भत्किँदा घाइते मात्रै हुनु भएन पछि विस्थापित पनि हुन पुग्नुभयो । उहाँको घर भएको जिल्ला सिन्धुपाल्चोकमै २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका परकम्पहरूका कारण सबैभन्दा बढी जनधनको क्षति भएको थियो । गोरखा भूकम्पका नामले पनि चिनिने उक्त भूकम्प भएको आठ वर्ष हुँदा […]

अघि बढ्दै महिला, बदलिँदै सामाजिक सोच

२०७५ सालदेखि सिन्धुपाल्चोक जिल्लाको पुरानो पिस्करस्थित चोकटीकी अस्मिता थामीको ब्यानर फोटोको पृष्ठभुमीमा थामी संग्रहालय रहेको छ भने उहाँले सेतो रंगको कुर्तामा सुन्तारंगको सल भिर्नु भएको छ । ब्यानर फोटोमा स्टोरीकै एक अंश राखिएको छ ।

राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएअनुसार थामी जातिको जनसङ्ख्या ३२ हजार ७४३ रहेको छ । यो जाति अति सीमान्तकृत समुदायमा पर्छ । थामीहरूको मुख्य बसोबास दोलखा, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा छ भने अरू जिल्लामा पनि थामी जातिका मानिसहरू छरिएर बसेका छन् । सिन्धुपाल्चोक जिल्लाको चोकटी, घोर्थली, धुस्कुन, पिस्कर, तौथली, राम्चे र कर्थलीमा अलि बढी बसोबास […]

आन्तरिक बेचबिखनको जोखिममा महिला र किशोरी (भिडियो सहित)

सिन्धुपाल्चोक जिल्लामा लामो समयदेखि महिला तथा किशोरी बेचबिखन र महिला हिंसाविरुद्ध क्रियाशील महिलामध्येमा पर्ने एक जनाको नाम हो, जयन्ती खड्का । उहाँ तीन दशकअघि स्थापित गैरसरकारी संस्था ग्रामीण महिला सृजनशील परिवारको संस्थापक अध्यक्ष हुनुभयो । अहिले पनि आफू सोही संस्थाको अध्यक्ष भएको र महिला अधिकारका लागि क्रियाशील रहेको उहाँले बताउनुभयो ।

घरायसी कामसँगै नेपाली कागज बनाउँदै महिलाहरू (भिडियोसहित)

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को धुस्कुनमा महिलाहरूको एक समूहले २०७९ सालमा हाते कागज उद्योग स्थापना गरी सञ्चालन गर्‍यो । १२ जना महिला आबद्ध रहेको ‘महिला उद्यमी हाते कागज’ उद्योगको नेतृत्व सावित्रीकुमारी खत्रीले लिनुभयो । सुरुवातदेखि नै समूहको अध्यक्षको भूमिकामा रहनुभएकी सावित्रीका अनुसार, उद्योग वडा नम्बर ३ स्थित धुस्कुन नजिकै स्थापना गरियो । […]

सिलाइकटाइ सिपबाटै थप रोजगारी सिर्जनातिर

– कल्याणी घिसिङ, उद्यमी झन्डै तीन दशकअघि सिलाइकटाइ उद्यममा लागेकी सिन्धुपाल्चोककी कल्याणी घिसिङले बाह्रबिसेमा गार्मेन्ट उद्योग पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँले २०४९ सालमा पहिलो पटक सिलाइकटाइ सिकेको र २०५२ सालमा पर्साको वीरगन्जमा गएर सिलाइकटाइमै व्यावसायिक काम सुरु गरेको बताउनुभयो । आफूले प्रशिक्षार्थीलाई सिपसँगै स्वरोजगारका उपायहरू पनि सिकाउनुपर्छ भनेर काम गर्दै आएको बताउने उहाँले […]

म नै हो ‘हेडसर’ (भिडियो सहित)

अप्सरा खड्का सिन्धुपाल्चोक जिल्लाको धुस्कुन आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुभएको १० वर्ष जति भयो । उहाँ सोही जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ की बासिन्दा पनि हुनुहुन्छ । प्रधानाध्यापक भइसकेपछि अप्सराले शैक्षिक क्षेत्रसँग जोडिएका गाउँ समाजका वास्तविकतालाई नजिकबाट नियाल्न र अनुभव गर्न पाउनुभयो ।

आर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)

– गीता नेपाल, उपाध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका झन्डै २० वर्ष भयो गीता नेपाल थामी समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार गर्न सक्रिय रहनुभएको । २०७९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट उहाँ सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्ष हुनुभएको छ । उहाँ नेपाली कांग्रेससँग आबद्ध स्थानीय जनप्रतिनिधि हुनुहुन्छ ।

पढेलेखेका पहरीहरू पनि राम्रो ठाउँमा पुग्न सकेनन् (भिडियो सहित)

– दिलमाया पहरी सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा पहरी जातिको बाक्लो बसोबास छ । सिन्धुपाल्चोकसँगै मकवानपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र रामेछापमा पहरीहरूको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, पहरी जातिको जनसङ्ख्या १५ हजार १५ रहेको छ । यो जाति नेपालका सीमान्तकृत जातिहरूमध्येको एक हो ।