वनभोज खाने निहुँमा २००४ साउन २२ गते ४०-४५ जना महिला भेला भएका थियौँ

सन्दर्भ: नेपालको पहिलो महिला सङ्गठनको स्थापना नेपाल महिलासंघको स्थापना र क्रियाशीलता विसं.२००४ सालतिरको कुरा हो, नेपाल महिलासंघको स्थापना गर्ने सम्बन्धमा मदनलोचनले कलकत्तामा गएर प्रेमबहादुर कंसाकार, कमरेड पुष्पलाल र अन्य भारत प्रभासमा रहेर काम गर्ने नेताहरूसँग सल्लाह गरी आउनुभयो । त्यति बेलाका अगुवा महिलाहरूले मतदानको अधिकारसमेत अन्य मौलिक नागरिक अधिकारलाई सदुपयोग गर्न संस्थागत अभियानको आवश्यकता महसुस […]