म त पहिलेदेखि नै महिला पुरुष दुवैले घरभित्रको काम गरेपछि मात्रै समानता आउँछ भन्थेँ – गणेशकुमारी भट्टराई (भिडियो सहित)

गणेशकुमारी भट्टराई नेपाली कांग्रेस र त्यसको भगिनी संस्था ‘नेपाल महिला संघ’ को पुरानो नेत्री हुनुहुन्छ । २०४६ सालको जनआन्दोलन सफल भएर देशमा बहुदलीय व्यवस्थाको पुनर्स्थापना भएपछि नेपाल महिला संघको रामेछाप जिल्ला सभापति हुने पहिलो महिला उहाँ नै हुनुहुन्छ ।

इन्द्रमायाको सयवर्षे अनुभव : विश्वयुद्धमा सुत्केरी अवस्थामै खाडल खनेर बच्चासँगै लुकेँ (भिडियो कुराकानी)

ललितपुरको नख्खुस्थित घरको दोस्रो तला । कोठाका झ्यालबाट बिहान उदाएदेखि बेलुकी अस्ताएसम्मकै घाम ओछ्यानमा लागिरहन्छ । सुत्ने खाटको भित्तापट्टि ५/६ वटा बट्टा । तीमध्ये कुनैमा ल्वाङ, कुनैमा सुकुमेल छन् भने कुनैमा दालचिनी र पानमसला राखिएका छन् । सिरानीको छेउमै सानो घण्टी छ । केही परेर कसैलाई बोलाउनुपर्‍यो भने चाहिन्छ भनेर राखिएको घण्टी हो त्यो । […]

लाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल

सुरक्षित सुत्केरीका लागि योगदान गरेकी चेमकान्ती बस्याल आफू भने एक्लै सुत्केरी हुनुभएको थियो । १९८५ सालमा पाल्पाको साबिक बराङ्दी गाविस–५ साफाकुममा जन्मेकी उहाँको सानैमा बिहे भएको थियो । बिहेपछि सोही ठाउँको बेलौतीखर्क पुग्नुभयो ।

तीज मनाउनेबारे वैचारिक बहस गर्नुपर्छ – शान्ता मानवी (भिडियो सहित)

तीज पर्व के हो ? यसको पौराणिक कुरा के हो ? विगत ५०/६० वर्ष पहिले र अहिलेको तीज मनाउने चलन कसरी बदलिँदै छ ? यसरी मनाउने तीजले कुनै एउटा घर, परिवारमा थपिने आर्थिक भार तथा सामाजिक सांस्कृतिक रूपमा पार्ने असरबारे धेरथोर बहस सुरु भएको छ । यस वर्ष यही भदौ १४ गते परेको तीजको सन्दर्भमा […]

तपाईंहरूलाई खेल्नै पुगेको छैन, कसरी राजनीतिमा आएको भनेर पद्म शमशेरले सोधे (भिडियोसहित)

नेपालको राजनीतिक, सामाजिक तथा महिला मुक्तिको आन्दोलनकी अग्रणी व्यक्तित्व हुनुहुन्छ, स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ । २००४ साल साउन २२ गते मंगलादेवी सिंहको अध्यक्षतामा गठन भएको नेपाल महिला संघमा उहाँ महासचिव हुनुभएको थियो । त्यसपछि आफ्नो जीवनकालका सात दशकभन्दा बढी समय सामाजिक–राजनीतिक आन्दोलनमै बिताएको उहाँ बताउनु हुन्छ ।