मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी

म २०२९ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेँ । मेरो राजनीतिक पृष्ठभूमि नेपाली कांगे्रस हो । २०४६ सालको जनआन्दोलनको कुरा गर्नुपर्दा, म सुरूदेखि नै सहभागी भएँ । जनकपुरमा त्यसबेला धेरै महिलाहरू बाहिर निस्किँदैनथे । तर म भने मन, तन र धनले सहभागी भएको थिएँ । घरमा साना बच्चाहरू थिए । उनीहरूलाई घरमा छोडेर आन्दोलनमा जान्थेँ […]