‘समानता र न्याय नै फेमिनिस्ट दृष्टिकोण हो ।’ -सन्जोग ठकुरी

महिलावाद–संवाद शृङ्खला ३ । विश्वमा १८औँ शताब्दीदेखि प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ । अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आम रूपमा नकारात्मक दृष्टिकोणले नै हेरिन्छ ।