‘महिला आन्दोलनको सहखोजी’ मा सहकार्यात्मक विमर्श

पुस्तक विमोचन ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक सन्धान शृङ्खला सङ्ग्रह १ को रूपमा प्रकाशित छ । यसले ज्ञान निर्माणमा महिलाको पहुँचदेखि जीवनभोगाइसम्मलाई ध्यानमा राखेर महिला इतिहासको खोजी र लेखनका विधि र पद्धतिलाई इतिहास पत्रकारितासँग पनि जोड्ने प्रयास गरेको छ ।
समान अस्तित्वका लागि एकल महिलाको सङ्घर्ष

द्वारिकादेवी ठकुरानीको नाम सुन्नेबित्तिकै नेपाली राजनीतिमा चासो राख्नेले भनिहाल्छन्– नेपालको पहिलो महिला मन्त्री । देशकै पहिलो आमनिर्वाचनपछि २०१६ जेठ १३ मा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको पहिलो सरकारमा द्वारिकादेवी उपमन्त्री बन्नुभयो । २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्रद्वारा निर्वाचित सरकार भङ्ग गरेर शासनसत्ता आफ्नो हातमा लिनुअघिसम्म उहाँ पदमा बहाल रहनुभयो । द्वारिकादेवी श्रीमान्काे मृत्युपछि […]
ओझेलमै छन् आन्दोलनमा अपाङ्गता भएका महिलाहरू

अपाङ्गता भएका महिलाहरू नेपालको राजनीतिक र सामाजिक आन्दोलनहरूमा सङ्गठित र सचेत भएर सक्रिय रूपमा सहभागी भएको पाइन्छ । इतिहासलाई फर्केर हेर्दा अपाङ्गता भएका महिलाहरूले पनि युगान्तकारी राजनीतिक परिवर्तनहरूमा अग्रपङ्क्तिमा रहेरै योगदान पुर्याएको देखिन्छ । २०४६ सालको जनआन्दोलनदेखि २०६२–६३ हुँदै पछिल्ला आन्दोलन र अभियानहरूमा सुरुका दिनदेखि नै अपाङ्गता भएका महिलाहरूले सक्रिय रूपमा सङ्घर्षमा भाग लिए । […]