‘महिला आन्दोलनको सहखोजी’ मा सहकार्यात्मक विमर्श

पुस्तक विमोचन ‘महिला आन्दोलनको सहखोजी’ पुस्तक सन्धान शृङ्खला सङ्ग्रह १ को रूपमा प्रकाशित छ । यसले ज्ञान निर्माणमा महिलाको पहुँचदेखि जीवनभोगाइसम्मलाई ध्यानमा राखेर महिला इतिहासको खोजी र लेखनका विधि र पद्धतिलाई इतिहास पत्रकारितासँग पनि जोड्ने प्रयास गरेको छ ।
सामुदायिक वनमा महिला सहभागिता : नेतृत्व र भूमिका

नेपालको सामुदायिक वन व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय एवं सफल वन व्यवस्थापन पद्धतिको रूपमा स्थापित छ । यसले स्थानीय महिलामा आत्मविश्वास जगाउन, उनीहरूको क्षमता वृद्धि गर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि सघाएको छ । सामुदायिक वन व्यवस्थापनमा सक्रिय भएका केही महिला स्थानीय मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि सक्रिय देखिएका छन् ।
ओझेलमै छन् आन्दोलनमा अपाङ्गता भएका महिलाहरू

अपाङ्गता भएका महिलाहरू नेपालको राजनीतिक र सामाजिक आन्दोलनहरूमा सङ्गठित र सचेत भएर सक्रिय रूपमा सहभागी भएको पाइन्छ । इतिहासलाई फर्केर हेर्दा अपाङ्गता भएका महिलाहरूले पनि युगान्तकारी राजनीतिक परिवर्तनहरूमा अग्रपङ्क्तिमा रहेरै योगदान पुर्याएको देखिन्छ । २०४६ सालको जनआन्दोलनदेखि २०६२–६३ हुँदै पछिल्ला आन्दोलन र अभियानहरूमा सुरुका दिनदेखि नै अपाङ्गता भएका महिलाहरूले सक्रिय रूपमा सङ्घर्षमा भाग लिए । […]
वैवाहिक ‘दासता’ को बदलामा सम्मानपूर्ण सहयात्रा

घटना १ : विभेद र अपमानको अनुभव विवाह भएको एक वर्ष मात्रै पुग्दै थियो । उनले सानो विमति के राखेकी थिइन्, श्रीमान्ले पाहुनाकै अगाडि उनीमाथि थप्पड हाने । त्यतिबेला उनी चुप रहिन् तर उनको मनमा हलचलको उभार आइरहेको थियो । त्यहीँबाट उनको वैवाहिक जीवनको आन्तरिक द्वन्द्वले अर्को चरणमा प्रवेश गर्यो । उनका अनुसार, यो उनले […]
परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला

नेपालमा राजनीतिक परिवर्तनका लागि भएका सामाजिक तथा राजनीतिक अभियान, सङ्घर्ष, आन्दोलन, द्वन्द्व आदिमा दलित महिलालगायत विभिन्न जाति, वर्ग, लिङ्ग, क्षेत्रका मानिसहरू सक्रिय सहभागी हुँदै आएका छन् । बहुजातीय देश नेपालको सबैभन्दा पिँधमा रहेका मानिसमा पर्छन्, दलित समुदायका महिलाहरू । उनीहरू अझै पनि सामाजिक र राजनीतिक शक्तिको केन्द्रबाट बाहिर परिधितिरै धकेलिइरहेका छन् । यद्यपि, नेपालको सामाजिक […]
पुरुषहरू मोर्चामा, महिलाहरू विनाचर्चामा

तराई मधेसका महिलाहरूले विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रत्यक्ष–अप्रत्यक्ष योगदान गरेका छन् । कतिपय समयमा आन्दोलनको अगुवाइ पनि महिलाले नै गरेका छन् ।
सम्पत्तिमा महिला अधिकार : अझै फरक छ विधि र व्यवहार

बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ मेलखेतका एक दम्पती २०७४ साल साउनको दोस्रो साता मालपोत कार्यालय बझाङको गेट हुँदै बाहिरिए । हातमा केही कागजात बोकेका दुवै निक्कै खुसी देखिन्थे । ‘दम्पती नै जग्गाधनी बनेका’ मा खुसी भएका रहेछन् । दुवैले हतारिँदै लालपुर्जा देखाए । श्रीमान्को नाममा रहेको लालपुर्जामा जमुनाको नामसहित फोटो टाँसिएको थियो ।