धन र ज्यान गुमाएकालाई न्याय खोजिदिनेको लडाइँ

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७, परशपुरकी निर्मला कुर्मीको शङ्कास्पद मृत्युको चित्तबुझ्दो छानबिन भएन । यसैले छानबिन गरी दोषीलाई कारबाही गर्न माग राख्दै तेस्रो पटक बाँकेका अधिकारकर्मीसहित स्थानीय १३ महिला र एक पुरुषले काठमाडौँस्थित माइतीघर मण्डलमा धर्ना दिए । भारतमा निर्मलाको शङ्कास्पद मृत्यु भएपछि उनको न्यायका लागि २०७६ चैत १४ मा बाँकेमा आन्दोलन सुरु […]
मलाई मेरो परिवारको पूरा साथ छ –सकिना तेली

सकिना तेली विगत १२ वर्षदेखि ‘नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र’ नामक संस्थामा रहेर अधिकारका क्षेत्रमा काम गरिरहनु भएको छ । उहाँ मुस्लिम समाजको सचिवालय संस्था मानिएको ‘राष्ट्रिय महिला अधिकार मञ्च नेपाल’ मा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
न्यायका लागि माइतीघरमा धर्ना जारी (भिडियो सहित)

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा धर्ना जारी छ । कुर्मीको अपहरण र शरीर बन्धकपछि हत्या भएको थियो । त्यसको विरोधमा आन्दोलनरत अधिकारकर्मीहरूले काठमाडौँमा फेरि धर्ना सुरू गरेका छन् । महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष तथा अभियन्ता रुबी खान नेतृत्वको टोली अहिले माइतीघर मण्डलमा धर्ना बसेको छ ।