पहिचान नपाउँदै बित्नुभयो आमा पनि –नेत्र राजवंशी

झापा विद्रोह सुरु भएको अर्को वर्ष २०२९ फागुन २१ गते तत्कालीन पञ्चायत सरकारले पाँच जना नेताको हत्या गर्‍यो। त्यसैमध्येका एक हुनुहुन्थ्यो, वीरेन राजवंशी । २०२८ सालमा थालनी भएको सो विद्रोहमा उहाँ सुरुदेखि नै लाग्नुभएको थियो । वीरेनको हत्या भएको १७ वर्षपछि देशमा पञ्चायत व्यवस्थाको अन्त्य भएर बहुदलीय व्यवस्था लागु भयो । संसदीय राजतन्त्रसहितको प्रजातन्त्र आयो […]