जाजरकोट भूकम्पपछिको सञ्चारमा रेडियोकर्मी लीला

लीला पौडेल जाजरकोट जिल्लाको ‘रेडियो हाम्रो पाइला’ मा कार्यरत हुनुहुन्छ । २०६७ सालदेखि रेडियोमा आबद्ध उहाँ अहिले रेडियो स्टेशन मेनेजर हुनुहुन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, कात्तिक १७ गते शुक्रबार मध्यरातको भूकम्प र कात्तिक २० गतेको परकम्पमा परी जाजरकोट र रुकुममा १५७ जनाको मृत्यु भयो । मृत्यु हुनेमा महिला/बालिका बढी छन् […]