शिक्षण पेसामा महिला : विभेदको विश्वव्यापी प्रवृत्ति

–राजकुमार बराल विश्वमा, विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षण पेसामा पुरुषको तुलनामा महिलाको सङ्ख्या धेरै छ र त्यो सङ्ख्या द्रुत गतिमा बढ्दो छ । नेपालमा भने विद्यालय र विश्वविद्यालय तहमा महिला शिक्षकको सहभागिता कम छ । यस सन्दर्भमा शिक्षण पेसामा महिला सहभागिताको सवालमा गहन नीतिगत विमर्श जरूरी देखिएको छ ।