‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी

जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष प्रा.डा. सुधा त्रिपाठी प्राध्यापक, साहित्यकार तथा लेखक हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयमा ३८ वर्ष प्राध्यापन गर्नुभएका उहाँले चार वर्ष त्रिवि शिक्षाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । २०७६ सालमा शिक्षाध्यक्षको जिम्मेवारी सकिएपछि करिब तीन महिना उहाँ त्रिविको उपकुलपति हुनुभयो । २०४६ सालको जनआन्दोलनमा उहाँ लेखक, साहित्यकारको रूपमा पनि सहभागी हुनुभयो ।