काठमाडौँमा ‘विश्व सामाजिक मञ्च’ (फोटो फिचर)

‘अर्को विश्व सम्भव छ’ । यही नाराका साथ आज काठमाडौँमा विश्व सामाजिक मञ्च २०२४ (World Social Forum 2024) को अन्तर्राष्ट्रिय कार्यक्रम सुरु भएको छ । आज २०८० फागुन ३ देखि ७ गतेसम्म पाँच दिन चल्ने उक्त कार्यक्रममा ९२ देशका प्रतिनिधिको सहभागिता रहेको आयोजकको भनाइ छ ।
सुत्केरी, नवजात शिशु र बालबालिकाको दल्ली र चिउरीमा बिजोग (फोटो फिचर)

जाजरकोट केन्द्रविन्दु भएर २०८० कात्तिक १७ गते मध्यराति भएको भूकम्प र २० गतेको परकम्पबाट प्रभावितहरूले हप्ता दिन बितिसक्दा पनि पेटभरि खान, रातिमा ओत लाग्न र न्यानो कपडाले शरीर छोपिने गरी राहत पाएका छैनन् । त्यसमा पनि विशेष गरी सुत्केरी, नवजात शिशु, बालबालिका तथा वृद्धवृद्धाहरूको हालत झन् झन् सङ्कटतिर धकेलिइरहेको छ । आफन्त बितेकाहरू पनि शोकसँगै […]
अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)

वि.सं. २०८० जेठ २० गते शनिवार । ललितपुर जिल्लाको सानेपास्थित हेरिटेज गार्डेनको हलमा त्यो दिन अलिक फरक कार्यक्रमको आयोजना भइरहेको थियो । कार्यक्रमको नाम थियो, ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन–२०२३’ । यो फरक तर शारीरिक अपाङ्गता भएका देशभरका इच्छुक महिलाहरूले प्रतिभा प्रस्तुत गर्न सक्ने एउटा मञ्च थियो । ‘मिस एन्ड मिसेस् डिस्याबिलिटी क्विन’ को यो […]
इन्द्रजात्राको अन्तिम दिनमा महिलाले यसरी ताने रथ (फोटोफिचर)

काठमाडौंमा सप्ताहव्यापी रुपमा मनाइने इन्द्रजात्रा महिलाले रथयात्रा गरेका छन् । इन्द्रोत्सवको आठौँ तथा अन्तिम दिन हिजो (बुधबार) महिलाहरुकै नेतृत्व र सहभागितामा रथ तान्ने (नानीचा याः) मनाइएको हो । रथयात्रामा कुमारीको रथ तान्नका लागि तीन सय जना, भैरव र गणेश रथयात्राका लागि एक एकसय गरी जम्मा पाँचसय महिलाहरुले रथयात्रा निकालेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ । […]
बलात्कारविरुद्ध चौथो राष्ट्रिय अभियान सुरु (फोटो फिचर)

बलात्कारविरुद्धको चौथो राष्ट्रिय अभियान आइतबार सुरु भयो । छ महिनासम्म चल्ने उक्त अभियानको नारा ‘कानुनी तथा सामाजिक न्यायको अधिकार : हिंसारहित समाजको आधार’ रहेको छ । काठमाडौँको नयाँ बानेश्वरमा आइतबार दिउँसो ३ बजे उक्त अभियानको घोषणा गरिएको थियो । प्रदेश र जिल्लाहरूमा पनि सोही समयमा अभियान घोषणा भएको आयोजकहरूले जानकारी दिए । आयोजकमा महिला मानवअधिकार […]
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको संस्था क्वेयर युथ ग्रुपले शनिबार काठमाडौँमा प्राइड परेड नेपाल गौरव यात्रा आयोजना गरेको छ । युथ ग्रुपले नेपाल सीमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरुको चौथो नेपाल गौरव यात्रा आयोजना गरेको हो । माइतीघर मण्डलबाट शुरू भएको गौरव यात्रा नयाँ बानेश्वर पुगेको थियो । यात्रामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको […]
स्थानीय तह निर्वाचनकाे विभिन्न प्रक्रियामा महिला (फोटो फिचर)

स्थानीय तह निर्वाचन २०७९ विशेष