जेलभित्र खाना भनेर पनि आउँथ्यो सूचना (भिडियो सहित) – गीता गजुरेल

विसं २०४६ को जनआन्दोलनमा झापा जिल्लाको दमकबाट नेतृत्व गरेका महिलामध्ये एक हुनुहुन्थ्यो, गीता गजुरेल । त्यतिबेला राजनीतिमै सक्रिय उहाँका श्रीमान् बलराम गजुरेल प्रहरी हिरासतमा हुनुहुन्थ्यो । बलरामलाई प्रहरीले जेल चलान गरेर एक महिनापछि छोडेको थियो । श्रीमान् जेलमा हुँदा आफू अझै क्रियाशील भएर राजनीतिमा लागेको उहाँको भनाइ थियो । ताप्लेजुङ जिल्लाबाट आफूले राजनीति सुरु गरेको […]

परिवर्तनमा महिलाको योगदान, राज्यले अझै उचित मूल्याङ्कन गरेको छैन (भिडियोसहित)

अन्जु प्रसाईं बर्देवा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि शिक्षक आन्दोलन, विद्यार्थी आन्दोलन र महिला आन्दोलनकी एक जुझारु पात्रमा गनिनुहुन्छ । उहाँको जन्म २०२५ साल फागुन २९ गते भएको थियो । झापा जिल्लास्थित मेचीनगर नगरपालिका वडा नम्बर ११ मा बसोबास गर्दै आएकी उहाँले परिवारका सदस्यहरूकै प्रेरणाबाट आफू राजनीतिमा लागेको र पञ्चायती व्यवस्था हटाई बहुदल प्राप्तिको आन्दोलनमा सक्रिय भई […]

त्यस बेलाको जस्तो राजनीति कहाँ पाउनु अहिले ! (भिडियाे सहित)

भवानी रिजाल ‘भानु’ भवानी रिजाल ‘भानु’ पुरानो राजनीतिज्ञ हुनुहुन्छ । काठमाडौँ जिल्लाको कीर्तिपुरकी उहाँ पञ्चायतकालमा भएको २०४३ सालमा भएको निर्वाचनमा जनपक्षीय उम्मेदवार भएर त्यतिखेरको चम्पादेवी गाउँ पञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित हुनुभयो । २००८ जेठमा जन्मिएकी उहाँ २०३८/३९ सालमा तत्कालीन नेकपा माले पार्टीमा आबद्ध हुनुभयो । उहाँले पार्टीको स्थानीय सङ्गठनमा लागेर पञ्चायतको विरोध र महिलाहरूलाई सङ्गठित गर्ने […]

‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह

जनकपुरमा विद्यार्थी आन्दोलनबाट सुरु भएको थियो, २०४६ सालको आन्दोलन । मेरो घर नजिकै सिडिओ कार्यालय थियो । त्यहाँ गोली हानाहान भएको थियो । सिडिओ कार्यालयबाटै गोली हान्दा पाठक थरका एक जना साधारण मान्छेको मृत्यु भएको थियो । म त्यतिबेला फ्याक्ट्रीमा काम गर्थें । ‘फ्याक्ट्री’ भन्नाले जनकपुर चुरोट कारखाना । हामी कर्मचारी भएकाले खुलेर राजनीति गर्न […]

यदुकुहा : २०४६ फागुन ९ गते तीन महिला मारिएका थिए (भिडियो कुराकानी)

अन्तर्राष्ट्रिय महिला सहिद दिवस (डिसेम्बर ६) पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी आन्दोलन भयो । फागुन ७ गतेदेखि काठमाडौँ उपत्यका लगायत बाहिरका जिल्लाहरूमा पनि कडा आन्दोलन भयो । धनुषाको यदुकुहामा त एकै ठाउँमा पाँच जना सहिद नै भए ।

महिला दृष्टिकोणबाट २०४६ सालको जनआन्दोलन विशेष

नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो । तर, राजा महेन्द्रले २०१७ पुस १ गते […]