के पुरुष पनि महिलावादी हुन्छन् ?

लैङ्गिक न्याय र समानता चाहने जो कोही व्यक्ति पनि महिलावादी हुन सक्छ । महिलावादको सम्बन्ध व्यक्तिको यौनिक पहिचानमा होइन, उसको सोचाइ र व्यवहारसँग हुन्छ । समानतामा आधारित सामाजिक न्यायसहितको समाज निर्माणको पक्षमा लाग्ने हरेक व्यक्ति महिलावादी हुन् । यस आधारमा विचार गर्दा महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जो कोही व्यक्ति पनि महिलावादी हुने […]
पितृसत्ता के हो ?

पितृसत्ता पुरुषलाई प्रधान वा उच्च र महिलालाई सहायक वा नीच मान्ने सोचबाट निर्देशित शासनसत्ता हो । पितृसत्ताले पुरुषलाई प्रमुख, मूली वा प्रभुत्वशाली स्थानमा राख्छ भने महिलालाई पुरुषको मातहत वा पुरुषआश्रित ठान्छ । पितृसत्तामा वंश बाबुमा निहित हुन्छ र सन्तानको नागरिकता बनाउनसमेत बाबु नै चाहिन्छ । नेतृत्व भन्नेबित्तिकै पुरुष नै हो भन्ने सोच आउँछ । हरेक […]
ओछ्यान : पितृसत्ताको ढलिमली

आफ्नो आफ्नो उमेर सम्झनुस् । आजसम्म कति पटक ओछ्यानमा निदाउनुभो होला ? उमेरका आधारमा हिसाब गरी हेर्नुस् । अँ, साँच्ची ! ओछ्यानमा पल्टिएर निदाउनुअघि ओछ्यानको पनि इतिहास छ भनेर सोच्नुभो कहिल्यै ? हामीलाई वास्ता हुँदैन तर बेवास्ता गरेका कैयन् चिजको इतिहास हुन्छ । ओछ्यानको पनि छ । पाषाणकालमै ओछ्यानको आविष्कार भएको मान्नुहुन्छ, ब्रिटिश लेखक तथा […]
लैङ्गिक असमानताको जग : घरायसी र स्याहारसुसारका काम

महिला आन्दोलनले वर्षौंदेखि विनापारिश्रमिक गरिने घरायसीलगायत स्याहारसुसारको कामले मानसिक, सामाजिक, आर्थिक, राजनैतिकलगायत विभिन्न तवरबाट नकारात्मक असर परेको मुद्दा उठाउने गरेको छ । सन् १९७९ मा मीना आचार्य तथा अन्य विज्ञहरू मिलेर गरेको ऐतिहासिक अध्ययन ‘नेपाली महिलाको मर्यादास्तर’ मा पारिश्रमिक विनाको घरायसी तथा स्याहारसुसारको कामको मापन र मूल्याङ्कन गरिनुपर्ने उल्लेख गरेको थियो ।
महिलामाथिको हिंसा ‘शक्तिसम्बन्ध’ मा आधारित छ (भिडियोसहित) –सबिन श्रेष्ठ, अधिवक्ता

अधिवक्ता सबिन श्रेष्ठ झन्डै अढाइ दशकदेखि महिला र मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । २०५४ सालमा अधिवक्ता बन्नुभएका उहाँले विशेष गरी महिलाको कानुनी अधिकार, सार्वजनिक सरोकारका मुद्दा र विभिन्न खालका हिंसाबाट पीडित महिलाहरूको पक्षबाट मुद्दा लड्दै आउनुभएको छ । महिलाभित्र पनि विशेषगरी पछाडि परेका/पारिएका महिलाहरूको पहिचानको अधिकारदेखि नागरिकता प्राप्तिसम्म, घरेलु हिंसादेखि यौनजन्य दुव्र्यवहार एवं जबरजस्ती करणीसम्मका […]