हामीलाई दिइएका अधिकारले मात्रै नपुग्ने अनुभव भयो

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको गीताकुमारी गुरुङले निलो कुर्तामा कलेजी स्टकोट लगाउनु भएको छ । गलामा बिभिन्न फुलको माला लगाउनु भएको छ । निधारमा अबिरको टिका छ । उहाँ बिजयी मुद्राका सम्बोधन गरिरहनु भएको देखिन्छ ।

सन्धान संवाद शृङ्खला ११ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, गीताकुमारी गुरुङ । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ३ स्थित चितवन जिल्लाको इच्छाकामना गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७६ पुस १६ मा बागमती प्रदेश नाम राखिएको उक्त प्रदेशबाट गाउँपालिका अध्यक्षमा […]

आफू जस्तै युवाका समूहहरूसँग बढी घुलमिल भएँ

सन्धान संवाद शृङ्खला ८ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने नाम हो, कौशिलाकुमारी भट्ट । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ७ स्थित डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । २०७५ असोज २२ मा सुदूरपश्चिम प्रदेश नाम राखिएको उक्त प्रदेशका ५४ गाउँपालिकाबाट […]

मतदाताको मतलाई कदर गर्ने गरी नेतृत्व शैली अपनाएँ

सन्धान संवाद शृङ्खला -१ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा देखापर्ने एउटा नाम हो, कान्तिका सेजुवाल । उहाँ देश सङ्घीय संरचनामा रूपान्तरण भएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा साबिक प्रदेश नम्बर ६ स्थित जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका प्रमुखमा निर्वाचित हुनुभयो । २०७४ फागुन १२ मा कर्णाली प्रदेश नाम राखिएको उक्त प्रदेशबाट नगरपालिका […]

कमाउने र जागिर खाने ठाउँ होइन राजनीति – मीना पाण्डे

मीना पाण्डेले झन्डै पाँच दशक राजनीतिमा बिताउनुभयो । २००९ साल बैशाख २९ गते रामेछापको बेथान गाउँ विकास समिति वडा नम्बर २ मा खड्का परिवारमा जन्मेकी मीना किसान परिवारकी छोरी हुनुहुन्थ्यो । बाबुआमा अशिक्षित भए पनि शिक्षाप्रति सकारात्मक सोच राख्नुहुन्थ्यो । छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने भावना थियो । तर पनि पहाडबासी किसान परिवार भएकाले छोरीका लागि […]

वनभोज खाने निहुँमा २००४ साउन २२ गते ४०-४५ जना महिला भेला भएका थियौँ

सन्दर्भ: नेपालको पहिलो महिला सङ्गठनको स्थापना नेपाल महिलासंघको स्थापना र क्रियाशीलता विसं.२००४ सालतिरको कुरा हो, नेपाल महिलासंघको स्थापना गर्ने सम्बन्धमा मदनलोचनले कलकत्तामा गएर प्रेमबहादुर कंसाकार, कमरेड पुष्पलाल र अन्य भारत प्रभासमा रहेर काम गर्ने नेताहरूसँग सल्लाह गरी आउनुभयो । त्यति बेलाका अगुवा महिलाहरूले मतदानको अधिकारसमेत अन्य मौलिक नागरिक अधिकारलाई सदुपयोग गर्न संस्थागत अभियानको आवश्यकता महसुस […]

घोषणापत्रमा महिला, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका सवाल

‘स्थानीय तह निर्वाचन २०७९ विशेष’ यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन २०७९ हुँदैछ । देश संघीय संरचनामा गइसकेपछि अधिकार सम्पन्न बनेको स्थानीय तहको यो दोस्रो निर्वाचन हो । नेपालको संविधान २०७२ मा नै स्थानीय सरकारको २२ वटा अधिकार क्षेत्र उल्लेख गरिएको छ । त्यसैले पनि स्थानीय सरकार अधिकार सम्पन्न र घरदैलोको बलियो सरकार बनेको […]