‘जङ्गलमा काम गर्ने भएर स्याउलाकै माला लगाऊँ भन्ने हाम्रो मान्यता छ’ –भीममाया तामाङ

‘फोटो कथा’ शृङ्खला हामीले सन्धान वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई सन्धान वेब पोर्टलमार्फत सार्वजनिक गर्नु हो । यस शृङ्खलाअन्तर्गत आज त्रिवेणी सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष हुनुभएकी भीममाया तामाङको फोटोको कथा प्रस्तुत गर्दैछौँ ।