मलाई मेरो परिवारको पूरा साथ छ –सकिना तेली

सकिना तेली विगत १२ वर्षदेखि ‘नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र’ नामक संस्थामा रहेर अधिकारका क्षेत्रमा काम गरिरहनु भएको छ । उहाँ मुस्लिम समाजको सचिवालय संस्था मानिएको ‘राष्ट्रिय महिला अधिकार मञ्च नेपाल’ मा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।

नेपालको महिला आन्दोलनमा मुस्लिम महिलाको योगदान र सहभागिता

नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा प्रजातान्त्रिक सङ्घर्ष र अभ्यासमा महिलाहरूको छुट्टै भूमिका, सहभागिता र योगदान रहँदै आएको छ । यसका साथै महिलाको अस्तित्व, पहिचान र अधिकार प्राप्तिका लागि केन्द्रित छुट्टाछुट्टै सङ्घर्षहरू आफैँमा महत्त्वपूर्ण छन् । योगमाया न्यौपानेकोे प्रारम्भिक सङ्घर्षदेखि राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको प्राप्ति र राष्ट्रपति पदमा पहुँचसम्मको यात्राक्रममा महिलाले गरेका सङ्घर्ष अत्यन्त […]