मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)

सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर उचाइ रहेको यो हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । संगीताका अनुसार, उहाँको टोलीले असोज ४ गते बिहान ५ बजेर २० मिनेटमा मनास्लु शिखर आरोहण गरेको हो ।