मर्यादित महिनावारीकी अभियन्ताको मनास्लु हिमाल आरोहण यात्रा (फोटो फिचर)

सगरमाथा आरोही संगीता रोकाया मर्यादित महिनावारी अभियानकी अभियन्ता पनि हुनुहुन्छ । उहाँले हालै मनास्लु हिमालको पनि सफल आरोहण गर्नुभयो । आठ हजार १६३ मिटर उचाइ रहेको यो हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । संगीताका अनुसार, उहाँको टोलीले असोज ४ गते बिहान ५ बजेर २० मिनेटमा मनास्लु शिखर आरोहण गरेको हो ।

हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया

बझाङको ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍साइपाल गाउँपालिका वडा नम्बर ४ धुली भन्ने ठाउँमा जन्मिएकी संगीता २०८० साल जेठ ३ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो । २४ वर्षीया उहाँ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी पनि बन्नुभएको छ । एक महिनाअघि काठमाडौँको पुरानो बानेश्वरस्थित एक होटेलमा उहाँसँग कुराकानी गर्ने अवसर मिल्यो । डेढ घण्टाको औपचारिक र अनौपचारिक कुराकानीमा उहाँले […]