मिथिला कलामा महिलाको योगदानलाई बेवास्ता गरिएको छ (भिडियो सहित)

मिथिला कलाका अधिकांश कलाकारहरू महिला छन् । महिला कलाकारको बाहुल्य हुुनु मिथिला कलाको एउटा महत्त्वपूर्ण पाटो पनि हो । अधिकांश महिलाले अघि बढाएको मिथिला चित्रकलालाई कला–साहित्य क्षेत्रमै मौलिक र महत्त्वपूर्ण मानिन्छ । ‘मिथिला आर्ट’ को नामले पनि चिनिँदै आएको यो कलाको इतिहास पाँच हजार वर्षभन्दा पुरानो पाइएको छ ।
अरूले देख्छ भनेर राति चित्र बनाउँथेँ –मधुमाला मण्डल

मधुमाला मण्डल २८ वर्षदेखि मिथिला कलाकारको रूपमा सक्रिय हुनुहुन्छ । धनुषा जिल्लाको साविक जनकपुरधाम उप–नगरपालिका वडा नम्बर १२ कुवामा जन्मेकी उहाँले सानो छँदा आमाबाट चित्रकला सिक्नुभयो । त्यही सिपले उहाँ अहिले मिथिला कलाकार भनेर चिनिन सफल हुनुभएको छ । उहाँ चित्रकारी (पेन्टिङ) को काम गर्दै विभिन्न जिल्लामा तालिम दिन पनि जाने गर्नु हुन्छ । कुनै […]
काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी (फोटो फिचर)

जनकपुर नारी विकास केन्द्रको आयोजनामा काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी शुरु भएको छ ।
७० रुपैयाँमा बिक्री भएको कलाले मिथिला चित्रकार बनायो –मन्जुला ठाकुर (भिडियाे सहित)

कला साहित्यमा मिथिला कलाको महत्त्वपूर्ण स्थान छ । मैथिली भाषा बोलिने मधेश प्रदेशको विभिन्न जिल्लाका गाउँ र सहरमा प्रचलनमा रहेको मिथिला चित्रकलाको इतिहास पाँच हजार वर्षभन्दा पुरानो रहेको मानिन्छ । मिथिला कला अर्थात् ‘मिथिला आर्ट’ को मौलिकता, विशेषता र महत्त्व छुट्टै किसिमको छ । जन्मदेखिका संस्कार र संस्कृतिहरूमा मिथिला कला आवश्यक पर्छ । मिथिला कलालाई […]