हिमाल र महिनावारी दुवै प्राकृतिक कुरा हुन् – संगीता रोकाया

बझाङको ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍साइपाल गाउँपालिका वडा नम्बर ४ धुली भन्ने ठाउँमा जन्मिएकी संगीता २०८० साल जेठ ३ गते दिउँसो सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो । २४ वर्षीया उहाँ सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी पनि बन्नुभएको छ । एक महिनाअघि काठमाडौँको पुरानो बानेश्वरस्थित एक होटेलमा उहाँसँग कुराकानी गर्ने अवसर मिल्यो । डेढ घण्टाको औपचारिक र अनौपचारिक कुराकानीमा उहाँले […]

रजोनिवृत्ति : व्यवस्थापनका व्यावहारिक उपाय

प्रजननयोग्य उमेरको पछिल्लो खण्डमा डिम्बाशयले एस्ट्रोजन (Estrogen) हर्मोन उत्पादन गर्न बन्द गर्दा महिनावारीको प्रक्रिया रोकिन थाल्छ । महिनावारी बन्द वा रजोनिवृत्त भएपछि महिलाहरूले प्राकृतिक रूपमा गर्भधारण गर्दैनन् । एस्ट्रोजन हर्मोनले महिलाको प्रजनन अङ्गको विकासमा महत्त्व राख्छ । यसैले यसलाई ‘महिला हर्मोन’ पनि भनिन्छ । शरीरमा यो हर्मोन उत्पादन हुन छाडेपछि महिलाले आफूमा शारीरिक र मानसिक […]