दमदार आवाजकी अथक रेडियोकर्मी : कृष्णा ताम्राकार

‘तमसोमा ज्योतिर्गमयः अँध्यारोबाट उज्यालोतर्फ’ मिठो भावका साथ स्पष्ट उच्चारण र दमदार स्वरमा जब कृष्णा ताम्राकारले उज्यालो कार्यक्रम रेडियोमा प्रस्तुत गर्नुहुन्थ्यो, तब स्वाभाविक रूपमा आम नेपालीको कान उहाँको आवाजको रेडियो कार्यक्रमले तान्ने गर्दथ्यो । यस्ता दर्जनौँ रेडियो कार्यक्रम थिए, जसमा कृष्णाको प्रस्तुतिको चुम्बकीय गुणले सामाजिक जागरणको सञ्चार गर्दै आइरहेका हुन्थे । महिलाहरूले घरबाहिरको पेसागत काम पाउनै […]