‘इन्द्रेणी विवाह’ र समानताको अभ्यास

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डे । उहाँहरूका अनुसार, लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा गत वर्ष मात्र विवाह दर्ता गराइएको हो । दोर्दीमा दर्ता भएको छ वर्षअघि नै माया र सुरेन्द्रको विवाह काठमाडौँमा भएको रहेछ […]