लैङ्गिक हिंसाविरुद्धको अभियानमा समानताको सवाल

समानताको अभ्यास शिर्षक राखेर बनाइएको यो ब्यानर फोटोमा वायाँवाट लेखक तथा अन्वेषक केदार शर्मा, पूर्वउपसचिव महेश्वरी विष्ट, अन्तरपुस्ता महिलावादी मञ्च (आइजिएफ) सदस्य छिङ लमु शेर्पा, राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्की र पाटन संयुक्त क्याम्पस मानवशास्त्र विभागका अध्यापक होम याम्फूको तस्विर राखिएको छ ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानको आज एघारौँ दिन हो । अहिले पनि हिंसाको मुख्य जड घरभित्रै भेटिन्छ । एकैघरको छानामुनि रहे पनि महिला र पुरुषको संरचनागत संस्कार र संसार भिन्न हुन्छ । भिन्नताको थालनी जन्मँदैदेखि लिङ्गलाई […]

महिला विकास र लैङ्गिक समानताको अविस्मरणीय यात्रा

सरकारी सेवाका अमूल्य ३० वर्ष सरकारी सेवाको आज ३० वर्ष पूरा हुँदासम्म जीवन जिउन जागिर खाएको कहिल्यै सोचिनँ । हरेक क्षण मानवको सेवा गर्न गजबको अवसर पाएको छु भन्ने ठानेँ । बुद्धि विवेकले भ्याए जति गरेँ । इमान्दार हुने प्रयास गरिरहेँ । आफूले हात हालेर काम गरेको क्षेत्रका महिला र समाजलाई उत्साहित र चलायमान बनाएर […]

बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान महेश्वरी विष्ट ललितपुर महानगरपालिकाको महिला विकास महाशाखा प्रमुख हुनुहुन्छ । उहाँले २०४९ सालमा महिला विकास अधिकृतको रूपमा डडेल्धुराबाट जागिर सुरु गर्नुभएको थियो । अहिले उहाँ प्रमुख महिला विकास अधिकृत हुनुहुन्छ । नवौँ तहकी उहाँ ललितपुर महानगरमा तीन वर्षदेखि कार्यरत हुनुहुन्छ । महिला विकास अधिकृतका रूपमा हिमाल, पहाड र तराइका […]