तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान

तराई मधेसमा विशेषतः महिलाकै हक, अधिकार र पहिचानका मुद्दालाई लिएर महिलाले अलग्गै आन्दोलन गरेनन् । देशमा, खासगरी मधेसमा २०४६, २०६२/६३ तथा २०७२ सालमा भएका आन्दोलनमा महिलाहरू सहभागी भए र आफ्ना मुद्दाहरूलाई उठान गरे । ती मुद्दाहरू सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक तथा सांस्कृतिक पक्षसँग जोडिएको देखिन्छ । २०७२ असोज ३ गते जारी भएको संविधानमा ती मुद्दाहरूमध्ये […]

पुरुषहरू मोर्चामा, महिलाहरू विनाचर्चामा

तराई मधेसका महिलाहरूले विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रत्यक्ष–अप्रत्यक्ष योगदान गरेका छन् । कतिपय समयमा आन्दोलनको अगुवाइ पनि महिलाले नै गरेका छन् ।