वनकरिया समुदाय आफ्नो खुट्टामा उभिने भएको छ– प्रताप विष्ट

हामीले ‘सन्धान’ वेबपोर्टलमा ‘फोटो कथा’ शृङ्खला प्रकाशन गर्दै आएका छौँ । यो शृङ्खलाको उद्देश्य सकारात्मक परिवर्तनका लागि महिलाहरूले गरेका प्रयास, आन्दोलन र उनीहरूका योगदानलाई सार्वजनिक गर्नु हो । यस कार्यमा पुरुषहरूको सहभागितालाई पनि स्थान दिइन्छ । यस शृङ्खलाअन्तर्गत आज जङ्गलमा बस्दै आएका लोपोन्मुख आदिवासी जनजाति वनकरियाको जङ्गल बसाइको दिनचर्या झल्किने गरी खिचिएको फोटोबारे पत्रकार प्रताप […]
हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)

वनकरिया समुदाय विशेष नेपालका लोपोन्मुख १० जातिहरूमध्ये ‘वनकरिया’ एक हो । २०५९ सालमा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशक अघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका मानिसहरू अहिले मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नम्बर ४ वनकरिया बस्तीमा बस्छन् ।