पढेलेखेका पहरीहरू पनि राम्रो ठाउँमा पुग्न सकेनन् (भिडियो सहित)

– दिलमाया पहरी सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा पहरी जातिको बाक्लो बसोबास छ । सिन्धुपाल्चोकसँगै मकवानपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र रामेछापमा पहरीहरूको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, पहरी जातिको जनसङ्ख्या १५ हजार १५ रहेको छ । यो जाति नेपालका सीमान्तकृत जातिहरूमध्येको एक हो ।
बर्माबाट आएर नेपालमा बिताएका सङ्घर्षपूर्ण दिनहरू –इन्द्रमाया पौडेल

बर्माबाट लामो र कठिन यात्रा पार गरी हामी २०२६ सालमा मोरङको कल्याणपुर गाउँमा आइपुग्यौँ । मेरा छोराछोरीसहित हामी आठ जना र पिताजीका तीन जना (पिताजीको अर्की श्रीमती र उहाँका दुई सन्तान) समेत हामी ११ जना थियौँ । केही सिप सिकेको थिएन, खेतीकिसानीको काम केही जानेको थिएन । केन्द्रबहादुर नामका व्यक्तिको एउटा रित्तो घर रहेछ, त्यही […]
बाल र बहुविवाहको दलदलमा सुनिता

पाँच वर्षअघिको कुरा हो, सुनिता कामीले १६ वर्षमै बिहे गरिन् । उनले जुम्लाको सदरमुकामस्थित चन्दननाथ नगरपालिका वडा नम्बर १ ललिचौरका लोकेन्द्र कामीसँग भागी बिहे गरेकी थिइन् । आफैँले बालविवाह गरेकी सुनिताको काँधमा अहिले ३ वर्षकी छोरी छन् भने काखमा ४ महिनाका छोरा । पालनपोषणको भार उनैमाथि छ ।
श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया

कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन् । अहिले उनीहरू बस्ने एउटा टहरो छ । त्यो पनि खुला खेतमा । बिजमायाका श्रीमान् आफ्नै दुनियाँमा रमाइरहेका छन् । गाउँका दाजुभाइको सम्पर्कमा छन् तर, उनलाई घरपरिवारको वास्ता छैन । ११ […]