यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमा पनि पितृसत्ता हाबी (भिडियो सहित) – उमिशा पाण्डे

उमिशा पाण्डे (उमेश) पारलैङ्गिक महिला हुनुहुन्छ । २०३३ सालमा जन्मिएकी उहाँ त्यतिबेला ‘पुरुष’ हुनुहुन्थ्यो । १४–१५ वर्षको उमेरमा उहाँले आफूलाई लैङ्गिक दृष्टिकोणले अरूभन्दा भिन्न भएको महसुस गर्न थाल्नुभयो । उहाँ केटाप्रति नै आकर्षित हुनुहुन्थ्यो । उहाँभित्र म केटा भएर किन केटाप्रति नै आकर्षित हुन्छु भन्ने प्रश्न आउँथ्यो । ऐनामा हेरेर ‘म के हुँ त ?’ […]
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक : पहिचानको आन्दोलन

कैलालीका छुटकनु चौधरी जन्मिँदा केटा देखिनुहुन्थ्यो । हुर्कंदै गर्दा उहाँले आफू अरूभन्दा फरक रहेको अनुभव गर्न थाल्नुभयो । उहाँलाई किन आफू केटी जस्तो हुनथालेको छु ? किन केटाको लुगा मन पर्दैन ? भन्ने जिज्ञासा हुन थाल्यो । उहाँले भन्नुभयो, “साहुका घरमा धेरै काम गर्नुपर्थ्यो । आफ्नो बारेमा सोच्ने फुर्सद पनि हुँदैन थियो । मलाई केटा […]
म बाबु, म आमा

मेरो जीवन कथा सुन्नेहरूलाई मात्र होइन, भोग्ने म स्वयंलाई पनि अनौठो लाग्छ । आफ्नो जीवन आफैँलाई अचम्मको नलाग्नु पर्ने हो । कोइलीले कागको गुँडमा आफ्नो बचेरा कोरल्छ, स्वयं कोइलीलाई अनौठो लाग्छ र ? सुँघ्ने क्षमता मान्छेमा भन्दा कुकुरमा एक लाख गुणा बढी हुन्छ रे ! स्वयं कुकुरलाई अनौठो लाग्छ र ?
सम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)

सन्दर्भ : संसदीय निर्वाचन २०७९ सर्लाही क्षेत्र नम्बर २ मा पर्ने अगर्वा चोकैमा कात्तिक १७ गते बिहीबार दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्म तीन वटा गाडीबाट मानिसहरू पालै–पालो ओर्लिए । अन्तिममा ओर्लनुभयो ‘राधा मौसी’ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार नै मुख्य मुद्दा (अडियो सहित) – शिल्पा चौधरी

सन्दर्भ : संसदीय निर्वाचन २०७९ दाङकी शिल्पा चौधरीले सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि २०६९ सालमा राजनीतिमा प्रवेश गर्नुभयो । उहाँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा पर्नु हुन्छ । ३९ वर्षीया शिल्पा आफूलाई पारलैङ्गिक महिला भनेर चिनाउनु हुन्छ ।
महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली

महिलावाद–संवाद शृङ्खला ४ । महिलावाद–संवाद शृङ्खला किन ? विश्वमा १८औँ शताब्दीमा प्रारम्भ भएको महिलावाद (फेमिनिज्म) को बहस नेपालमा भने व्यक्तिगत तह वा ससानो समूह र विश्वविद्यालयको पाठ्यक्रमसम्म मात्रै सीमित छ। अझ महिलावाद र महिलावादी भन्नेबित्तिकै अहिले पनि आमरूपमा नकारात्मक दृष्टिले नै हेरिन्छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनमा दोस्रो पुस्ताको प्रवेश

‘क्वयेर’ शब्द अङ्ग्रेजी भाषाबाट आएको हो । २०औँ शताब्दीसम्म अङ्ग्रेजी भाषा बोल्ने समाजमा यो शब्दलाई अपशब्द मानेर प्रयोग गरिन्थ्यो । समाजको कथित सामान्य लैङ्गिक र/वा यौनिक पहिचानको दायराभन्दा बाहिरका मानिसहरूलाई यो अपशब्दको प्रयोग गरिने गरिन्थ्यो । २०औँ शताब्दीको अन्त्यमा भएको क्रान्तिले यो शब्दको पुनर्दाबी (रिक्लेम) गर्यो । हामीलाई यो शब्द प्रयोग गरी अपमानित तुल्याउने गरिएको […]
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूद्वारा ‘प्राइड परेड’ नेपाल गौरव यात्रा (फोटो फिचर/भिडियाे)

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको संस्था क्वेयर युथ ग्रुपले शनिबार काठमाडौँमा प्राइड परेड नेपाल गौरव यात्रा आयोजना गरेको छ । युथ ग्रुपले नेपाल सीमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरुको चौथो नेपाल गौरव यात्रा आयोजना गरेको हो । माइतीघर मण्डलबाट शुरू भएको गौरव यात्रा नयाँ बानेश्वर पुगेको थियो । यात्रामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको […]