दबाबमा गरिएको बिहे नै ठुलो चुनौती

– देवेन्द्रबहादुर खत्री (मधु केसी) मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्री लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारका लागि काम गर्नुहुन्छ । उहाँले आफूलाई समुदाय र समाजमा समलिङ्गी पुरुष मधु केसी भनेर चिनाउने गरेको बताउनुभयो । मायाको पहिचान नेपालको स्थापना २०८० कार्तिकमा भएको भए पनि झन्डै एक दशकदेखि उहाँले आफ्नो समुदायको पहिचान र अधिकारका […]

‘इन्द्रेणी विवाह’ र समानताको अभ्यास

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डे । उहाँहरूको विवाहले कानूनी मान्यता पाएको एक बर्ष पुगेको अवसरमा ‘इन्द्रेणी विवाह’ उत्सव मनाइयो । तस्विरमा माया र सुरेन्द्र हुनुहुन्छ । उहाँहरुले फुलको आकर्षक माला लगाउनु भएको छ । सुरेन्द्र कालो सुटमा हुनुहुन्छ भने माया कलेजी साडी र सुइटरमा हुनुहुन्छ । फोटोमा उहाँहरूको ब्याकग्राउण्डमा इन्द्रेणी रंग राखिएको छ ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डे । उहाँहरूका अनुसार, लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा गत वर्ष मात्र विवाह दर्ता गराइएको हो । दोर्दीमा दर्ता भएको छ वर्षअघि नै माया र सुरेन्द्रको विवाह काठमाडौँमा भएको रहेछ […]

हिंसा गर्नेका विरुद्ध लड्न सक्ने भएर अगाडि निस्किनुपर्ने

‘हनी’ नामले आफूलाई चिनाउन चाहने दिपक महर्जन तेस्रोलिङ्गी महिला हुनुहुन्छ । सिमेन्ट कलको कुर्तामा हरियो ब्लेजरको कोट लगाउनु भएको छ । टाउकोमा फुल सिउरिनु भएको छ भने कालो फ्रेम भएको चश्मा लगाएर बेतमा बस्नु भएको छ । यो ब्यानर फोटोमा उहाँको भनाइलाई हातेकाजको पृष्ठभुमिमा लेखिएको छ ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान ‘हनी’ नामले आफूलाई चिनाउन चाहने दिपक महर्जन तेस्रोलिङ्गी महिला हुनुहुन्छ । उहाँ सभ्य समाज नेपालका संस्थापक र सचिव हुनुहुन्छ । उहाँका अनुसार, सो संस्था लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभिभावक मिलेर खोलिएको हो । हनी (दिपक) ले सभ्य समाज नेपालको सचिवको जिम्मेवारी सम्हाल्दै गर्दा नगरप्रमुख पदको लागि उपनिर्वाचनमा उम्मेदवारी […]

हजारौँ आनिकहरू बाहिर आउनुपर्छ

यमबहादुर राना (आनिक) लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा परिचित नाम हो । पुरुषको रूपमा जन्मिए पनि आफ्नोे पहिचान पारलैङ्गिक महिला (ट्रान्स वुमन) भएको उहाँ बताउनुहुन्छ । उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिआइक्यू) समुदायको क्षेत्रमा काम गर्नुभएको दुई दशकभन्दा बढी भइसकेको छ । २०५९ सालमा नील हिरा समाजसँग जोडिएकी उहाँ अहिले यही समुदायको अधिकारका लागि काम […]

आत्मसम्मानको लागि गर्नुपर्ने सङ्घर्ष बाँकी

–सुनिलबाबु पन्त लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिक्युआई प्लस) समुदायको अधिकारका लागि स्थापित संस्था ब्लु डायमन्ड सोसाइटी (निल हिरा समाज) का संस्थापक अध्यक्ष हुनुहुन्छ, सुनिलबाबु पन्त । पहिलो संविधानसभा सदस्य (२०६५–२०६९ साल) सुनिलको पहिचान समलिङ्गी पुरुष हो । उहाँ करिब अढाइ दशकदेखि कहिले नीति निर्माण त कहिले संस्थागत रूपमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका भनेर खुलिरहेका […]

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको सवाल र चुनौती

जुन महिना । यो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको लागि गौरवको महिना हो । यसका पछाडि एउटा गर्विलो इतिहास छ । सन् १९६९ जुनमा अमेरिकाको स्टोनवाल बारमा समलिङ्गी व्यवहार गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरियो । त्यसको विरोधमा समलिङ्गी व्यक्तिहरूले सशक्त आन्दोलन गरेर अमेरिकी प्रशासनलाई नै चुनौती दिए । आन्दोलनले विश्वव्यापी तरङ्ग ल्याएपछि स्टोनवाल […]

लैङ्गिकता : फैलिँदो चेतना र बदलिँदो व्यवहार

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिले बिस्तारै आफूलाई चिन्दै छन् । उनीहरू आफ्नो लैङ्गिक पहिचान अनुसार खुल्दै पनि आउन थालेका छन् । यस क्रममा पारलैङ्गिक व्यक्तिहरू पनि पछिल्ला दशकहरूमा आ–आफ्नो समूहमा यौनिकता (सेक्सुआलिटी) का बारेमा खुल्न थालेका हुन् । नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान खुलाएर बाँच्न पाउने अधिकारका लागि आन्दोलित हुन थालेको […]

मेरो पेसा, मेरो सङ्घर्ष – ज्ञानु

बलेको आगो सबैले ताप्छन् । ऊर्जा सकिएपछि वरिपरि भएकाहरूले छाडेर जान्छन् । सरलता मानवीय सुन्दर गुण हो तर यसलाई मानिसहरूले दुरुपयोग गरिदिन्छन् । जङ्गलमा पनि सुरुमा सोझो रुख नै काटिन्छ । नेपाली वर्णमाला ‘ज्ञ’ मा अन्त्य हुन्छ । म ज्ञानु हुँ । म चाहिँ अन्त्यबाट सुरु हुन्छु ।

पारिवारिक परिबन्दमा लुकेको पारलैङ्गिक पहिचान

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले बिस्तारै आफूले आफूलाई चिनेको अनुभव गर्न थालेका छन् । अघिल्लो पुस्तासम्म अन्योलमा र ओझेलमा पर्न बाध्य भएका पारलैङ्गिक व्यक्तिहरू अहिले आआफ्नो समूहमा भए पनि खुल्न थालेका छन् । उनीहरूमध्ये कतिपयले त आफ्ना मनका कुरा र वैयक्तिक घटनाहरूलाई छद्म तरिकाले सार्वजनिक गर्न पनि थालेका छन् । यसको पछाडि धेरैको चेतना र […]