परिवर्तन आफैँबाट सुरु गर्दै अघि बढेँ

मेरी माइली दिदी पूर्णा जोशी र मैले एकै वर्ष एसएलसी पास गर्यौँ। २०४४ सालमा तत्कालीन कैलपालमान्डु गाविसमा एसएलसी पास गर्ने छात्रा हामी दुई जना मात्र थियौँ । दुवै दिदीबहिनी पास भएको भन्ने जानकारी हुलाकबाट आएको चिठी हेरेपछि मात्र थाहा पाएका थियौँ । हुलाकबाट चिठी आउँथ्यो त्यति बेला । टेलिफोन सहज थिएन । सार्वजनिक टेलिफोन सेवा […]
अनि श्रम शोषण र हिंसाविरुद्ध बोल्न थालेँ : – यशोदा केसी

आठ, नौ वर्षको उमेरमै यसोदा केसीले गीत गाउन सुरु गर्नुभयो । विद्यालयको शुक्रवारे प्रतियोगिताहरूमा भाग लिएर प्रथम भएपछि त उहाँले मेला–महोत्सवमा पनि गाउने अवसर पाउन थाल्नुभयो । उहाँले गीत गाएको कुरा परिवारलाई भने मन परेको थिएन । गाउँघरमा गीत गाएर हिँड्नेहरूका बारेमा नकारात्मक टिप्पणी गरिन्थ्यो । उहाँले परिवारको गाली खाएरै भए पनि गीत गाउन छोड्नुभएन […]
मलाई मेरो परिवारको पूरा साथ छ –सकिना तेली

सकिना तेली विगत १२ वर्षदेखि ‘नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र’ नामक संस्थामा रहेर अधिकारका क्षेत्रमा काम गरिरहनु भएको छ । उहाँ मुस्लिम समाजको सचिवालय संस्था मानिएको ‘राष्ट्रिय महिला अधिकार मञ्च नेपाल’ मा बाँके जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।