परिवार धान्न नसकेपछि छोरीलाई कमलरी पठाउँथे – कौशिला चौधरी (भिडियो सहित)

नेपालमा कमलरी मुक्त घोषणा भएको ९ वर्ष पुगेको छ । २०७० साल असार १३ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले कमलरी मुक्तिको घोषणा गरेको थियो । घोषणा भएपछि करिब १३ हजार किशोरी तथा बालिका कमलरी प्रथाबाट मुक्त भए ।