आफैँले चलाएको जीवन

पुस्तक साभार शृङ्खला–११ ‘कर्णाली गाथा’ सशस्त्र द्वन्द्वपीडित तथा प्रभावित महिलाको सङ्घर्ष र साहसको मौलिक इतिहास हो । द स्टोरी किचेनको पहलमा तयार भई २०८० सालमा प्रकाशित सो पुस्तकमा २२ जनाको जीवनभोगाइका कथा छन् । कथाहरू महिलाको दृष्टिकोणबाट सत्यको अभिलेखीकरण गर्न र महिलाहरूलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा सहभागी बनाउन सशक्तीकरण गर्ने उद्देश्यले तयार गरिएका हुन् । सशस्त्र […]
डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था

जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक छोरीहरू पनि हुन्छन् । कतिपयका छोरालाई परिवारले साथ दिएका हुन्छन् । तिनैका छोरी सन्तानहरू भने सडकमा भौँतारिँदै गरेकी आमासँगै अलपत्र पर्नुपर्ने अवस्था छ ।
पच्चीस वर्ष नपुग्दै सम्बन्ध विच्छेद

कर्णाली कथा जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–८ डोंग्रीकी भगवती शाहीको २० वर्षको उमेरमा सम्बन्ध विच्छेद भयो । एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नगरपालिका–१० का आफूसँगै पढ्ने केटासँग उनले विवाह गरेकी थिइन् । तर, उनको वैवाहिक सम्बन्धले पाँच वर्ष पनि पार गर्न पाएन । मुलुकी अपराध संहिताले विवाह गर्न गराउन अनुमति दिएको २० वर्षे […]
सुनमायाको सङ्घर्ष र सफलता

कर्णालीकी छोरी मानिसको जीवनकालमा अत्यधिक समस्या, चुनौती र उतारचढाव आइरहन्छन् तर ती समस्या, चुनौती र उतारचढावलाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडि बढ्न सकेमा सफलता हात पार्न सकिन्छ । यस्तै भनाइका लागि उदाहरण बन्न उपयुक्त एक पात्र हुन्, ‘अल्ट्रा रेस च्याम्पियन’ सुनमाया बुढा । उनी जुम्ला जिल्लाको पातारासी गाउँपालिका–५ माथिल्लो लोर्पागाउँकी एक होनहार र सफल […]
बालविवाहको असर : जीवनभरि नै जहर

कर्णाली कथा कर्णाली प्रदेशमा सानै उमेरमा विवाह गर्ने चलन अहिले पनि हटेको छैन । सरकारको नारा ‘बिहेबारी, बिस वर्षपारि’ कर्णालीका लागि नारामै सीमित हुँदै आएको छ । सानै उमेरमा विवाह गर्ने र प्रजनन क्षमताको विकास नहुँदै बच्चा जन्माउने गर्दा कर्णालीका महिलाले अकालमा ज्यान गुमाउनु परिरहेको छ । नौ वर्षको अवधिमा १६६ जना सुत्केरी आमाको मुत्यु […]
बाल र बहुविवाहको दलदलमा सुनिता

पाँच वर्षअघिको कुरा हो, सुनिता कामीले १६ वर्षमै बिहे गरिन् । उनले जुम्लाको सदरमुकामस्थित चन्दननाथ नगरपालिका वडा नम्बर १ ललिचौरका लोकेन्द्र कामीसँग भागी बिहे गरेकी थिइन् । आफैँले बालविवाह गरेकी सुनिताको काँधमा अहिले ३ वर्षकी छोरी छन् भने काखमा ४ महिनाका छोरा । पालनपोषणको भार उनैमाथि छ ।
श्रीमान् भए पनि एकल सङ्घर्षरत बिजमाया

कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन् । अहिले उनीहरू बस्ने एउटा टहरो छ । त्यो पनि खुला खेतमा । बिजमायाका श्रीमान् आफ्नै दुनियाँमा रमाइरहेका छन् । गाउँका दाजुभाइको सम्पर्कमा छन् तर, उनलाई घरपरिवारको वास्ता छैन । ११ […]