कमैयादेखि कमलरीको मुक्ति र पुनर्स्थापना अभियानमा जुट्दा (भिडियोसहित) – मैनामोती चौधरी

मैनामोती चौधरी मुक्तकमलरीहरूको महिला तथा मानव अधिकार र पुनर्स्थापनाका लागि क्रियाशील हुनुहुन्छ । उहाँले कमैया तथा कमलरीको मुक्ति अभियान र मुक्तिपछिको अधिकारका लागि काम गर्दै आएको झन्डै दुई दशक भइसकेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की बासिन्दा उहाँ इन्सेकको जिल्ला प्रतिनिधिका रूपमा पनि काम गर्नुहुन्छ ।

दुःख पर्‍यो भनेर मर्ने सपना कसैले नदेखून् !

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित मनेहरा मुक्तकमैया शिविरमा बस्दै आएकी सीतापती चौधरी आफ्नो समुदायको अगुवा महिला हुनुहुन्छ । उहाँको जन्म २०२६ सालमा कमैया परिवारमा भएको थियो । ऋणका कारण बुबा जमिन्दारको घरमा बस्ने हुनाले दाजुभाइ दिदीबहिनीसँगै सीतापतीले पनि कमैया–कमलरी बनेरै हुर्किन पर्‍यो । अभाव र दुःखका बिच १२ वर्षकै उमेरमा भएको उहाँको बिहे सफल […]