नाच्ने गाउने हाम्रो पेसा हरायो (भिडियोसहित)

वाद्यवादन र नाचगान वादी समुदायको पुर्ख्यौली पेसा थियो । ६६ वर्षीया श्यामादेवी वादी कुनै बेला त्यही पेसा गर्नुहुन्थ्यो । पहिले नाच्ने, गाउने काम गरेर जीविका चलाएको भए पनि अहिले उमेरका कारण आफूले यो काम गर्न नसकेको उहाँको भनाइ थियो । समयका कारण नयाँ पुस्ताले पनि यो काम गर्न नखोजेको हुनाले पुर्ख्यौली पेसा लोप भएको भनी […]

अविश्वास र विभेदको जगमा कोटाको राजनीतिक पिरलो

सन्धान रिपोर्ट शृङ्खला ८ कार्यकाल २०७४–२०७९ साललाई फर्किएर हेर्दा पालिकाका सारथी महिलाहरूको लहरमा अधिकांशतः उपाध्यक्षदेखि विभिन्न समुदायलाई प्रतिनिधित्व गरेका सदस्यहरू देखिन्छन् । संविधानसभाबाट २०७२ सालमा जारी ‘नेपालको संविधान’ ले नेपाललाई सङ्घीय मुलुकमा परिणत गर्दै तीन तहका सरकारको व्यवस्था गर्‍यो । राज्य संरचनाको यही परिवर्तनसँगै राज्यका माथिल्ला निकायदेखि स्थानीय पालिकासम्ममा समावेशी सिद्धान्तका कारण नेपाली महिलाको सहभागिता […]

मन भएर पनि गाह्रो भयो काम गर्न (भिडियाे कुराकानी)

रञ्जिता नेपाली कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हरियो ज्याकेट लगाए क्यामेरा तर्फ हेरिरहनु भएको छ । ब्यानर फोटोमा उहाँले भन्नु भएको कोट वडा सदस्यका जिम्मेवारीभित्र रहेका गाउँठाउँका समस्या समाधान गर्न हिँड्ने, नागरिकता नभएकाहरूका लागि नागरिकता बनाउन सहजीकरण गर्ने, सानातिना विवाद मिलाउनका लागि सहजीकरण गर्दै प्रहरी चौकीमा जाने जस्ता काम गर्दै आएको छु । भन्ने शब्द राखिएको छ ।

रञ्जिता नेपाली, वडा सदस्य कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा सदस्य हुनुहुन्छ, रञ्जिता नेपाली । बल्चौरस्थित वादी बस्तीकी बासिन्दा उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट ‘दलित महिला वडा सदस्य’ मा निर्वाचित हुनुभएको हो । राजनीतिबारे केही थाहै नपाई आफू वडा सदस्य भएको बताउने उहाँसँग सो पदमा निर्वाचित भएपछिका दिनचर्या केही […]

दुःख पर्‍यो भनेर मर्ने सपना कसैले नदेखून् !

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित मनेहरा मुक्तकमैया शिविरमा बस्दै आएकी सीतापती चौधरी आफ्नो समुदायको अगुवा महिला हुनुहुन्छ । उहाँको जन्म २०२६ सालमा कमैया परिवारमा भएको थियो । ऋणका कारण बुबा जमिन्दारको घरमा बस्ने हुनाले दाजुभाइ दिदीबहिनीसँगै सीतापतीले पनि कमैया–कमलरी बनेरै हुर्किन पर्‍यो । अभाव र दुःखका बिच १२ वर्षकै उमेरमा भएको उहाँको बिहे सफल […]

भलमन्सा भएर काम गर्दाको खुसी (भिडियो सहित)

रामपतिदेवी चौधरी र रविता चौधरीले यही २०८० माघमा भलमन्सा भएर गर्नुपर्ने एकवर्षे नेतृत्वको जिम्मेवारी पूरा गर्नुभयो । रामपतिदेवीसँग दुई चरण गरी भलमन्सा भएर काम गरेको दुई वर्षको अनुभव छ भने रवितासँग एक वर्षको ।

वादी महिलाको अवस्था सुधार्ने सङ्घर्ष अझै बाँकी (भिडियो सहित)

वादी समुदाय वर्षौंदेखि आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक रूपमा उत्पीडनमा परेको अल्पसङ्ख्यक समुदाय हो । शिल्पकला र साङ्गीतिक प्रतिभाले सम्पन्न वादीको इतिहासलाई नजरअन्दाज गर्दै ‘देहव्यापार’ गर्नेहरूको समुदायको रूपमा मात्र हेर्न र देखाउन खोजियो । प्रजातन्त्र प्राप्तिपछि पनि वादी महिलाहरू समाजमा अत्यन्तै विभेदित भए । उनीहरूले विभेद र समाजको अपमानपूर्ण व्यवहार सहेर आफ्नो घरपरिवार चलाउँदै […]

सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा

यही २०८० साउनमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित वादी बस्तीमा सिमसिम पानी परिरहेको थियो । दिउँसोको समय थियो तर वादी बस्ती सुनसान देखिन्थ्यो । सोधखोज गर्दै रमा वादीको आँगनमा पुगेँ । घरबाहिर कोही नदेखेपछि ‘भित्र को हुनुहुन्छ ?’ भनेर बोलाएँ । एक जना महिला बाहिर निस्कनुभयो । उहाँलाई मैले ‘रमा दिदी हुनुहुन्छ […]