‘महिलाले गर्न हुँदैन’ भनिएका चार वटा विशिष्ट काम ५० वर्षअघि नै गरेँ’ – कविता पौडेल

kabita-jee-photo

विद्रोहका कथा वि.सं. २००२ माघ १६ गते अर्घाखाँचीमा जन्मनुभएकी कविता पौडेल लेखक तथा सामाजिक परिवर्तनकी अगुवा हुनुहुन्छ । उहाँले आजभन्दा करिब ५० वर्षअघि समाजमा ‘महिलाले गर्न हुँदैन’ भनिएका विभिन्न कामहरू गर्नुभएको छ । २०२८ सालमा हलो जोत्नुभएकी पौडेललाई ‘महिला भएर हलो जोतेको’ भनेर गाउँ निकाला गर्न ‘पञ्चायत’ बसेको थियो । तर, उहाँ डराउनुभएन ।