आत्मसम्मानको लागि गर्नुपर्ने सङ्घर्ष बाँकी

–सुनिलबाबु पन्त लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजिबिटिक्युआई प्लस) समुदायको अधिकारका लागि स्थापित संस्था ब्लु डायमन्ड सोसाइटी (निल हिरा समाज) का संस्थापक अध्यक्ष हुनुहुन्छ, सुनिलबाबु पन्त । पहिलो संविधानसभा सदस्य (२०६५–२०६९ साल) सुनिलको पहिचान समलिङ्गी पुरुष हो । उहाँ करिब अढाइ दशकदेखि कहिले नीति निर्माण त कहिले संस्थागत रूपमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका भनेर खुलिरहेका […]
महिलामाथिको हिंसा ‘शक्तिसम्बन्ध’ मा आधारित छ (भिडियोसहित) –सबिन श्रेष्ठ, अधिवक्ता

अधिवक्ता सबिन श्रेष्ठ झन्डै अढाइ दशकदेखि महिला र मानवअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । २०५४ सालमा अधिवक्ता बन्नुभएका उहाँले विशेष गरी महिलाको कानुनी अधिकार, सार्वजनिक सरोकारका मुद्दा र विभिन्न खालका हिंसाबाट पीडित महिलाहरूको पक्षबाट मुद्दा लड्दै आउनुभएको छ । महिलाभित्र पनि विशेषगरी पछाडि परेका/पारिएका महिलाहरूको पहिचानको अधिकारदेखि नागरिकता प्राप्तिसम्म, घरेलु हिंसादेखि यौनजन्य दुव्र्यवहार एवं जबरजस्ती करणीसम्मका […]
‘मनको दृष्टि र आत्मविश्वासले काम गर्न सकेको छु’ – सीता सुवेदी

झापाको दमकमा जन्मिनुभएकी ४२ वर्षीया सीता सुवेदी दुई दशकदेखि अपाङ्गता अधिकारकर्मी हुनुहुन्छ । स्कुल पढ्दादेखि नै उहाँको आँखाको दृष्टि कम हुँदै गयो । अहिले न्यून दृष्टियुक्त सुवेदी दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका, विशेष गरी दृष्टिविहीन महिलाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र अधिकारको वकालत गरिरहनुभएको छ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतले गरेको कुराकानीका आधारमा […]