डोइलाको सेरोफेरोमा जुम्लाको मनोसामाजिक अवस्था

जुम्लालगायत कर्णालीका गाउँघर र समाजमा श्रीमान्काे यातना र हिंसा सहन नसकेर मानसिक सन्तुलन गुमाउन पुगेका महिलाको अवस्था भयावह छ । उनीहरूमध्ये केहीका साथमा नाबालक छोरीहरू पनि हुन्छन् । कतिपयका छोरालाई परिवारले साथ दिएका हुन्छन् । तिनैका छोरी सन्तानहरू भने सडकमा भौँतारिँदै गरेकी आमासँगै अलपत्र पर्नुपर्ने अवस्था छ ।
डर र कहरको जहर पिउँदै घरमै सुत्केरी

सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै सुत्केरी हुने चलनलाई शून्यमा झार्ने सरकारको नीति भए पनि जुम्ला जिल्लाका विकट ग्रामीण भेगका महिला घरमै जोखिम मोलेर सुत्केरी हुनुपर्ने अवस्थामा छन् । यसैले आमा […]
तोड्नै पर्ने श्रीमान्काे ज्यादती र माइतीको मौनता

दानसरा रावत २०८० वैशाख १९ गते घरबाट हराउनुभयो । त्यसको ११ दिनपछि तिला नदीमा उहाँको शव भेटियो । जुम्ला जिल्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ६ पछाइबाडाकी २३ वर्षीया उहाँको मृत्यु रहस्यमय भएको भन्दै छानबिनका लागि आफन्तको तर्फबाट किटानी जाहेरी दिन खोजियो । स्थानीय सरकारको सुरक्षा अङ्गका रूपमा रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरीले भने जाहेरी लिनै […]